१५ बैशाख २०८१, शनिबार

ललितपुरमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु


अल्का अस्पताल

ललितपुर, भदौ २४ । ललितपुरमा एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु् भएको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

काठमाडौं विशालनगर घर भएका ६७ वर्षीय संक्रमितको उपचारका क्रममा बुधबार बिहान ५ वजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मृतकलाई मंगलबार अल्का अस्पताल लगिएको थियो । उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।

भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ । मृतकको शव अहिले अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !