१५ बैशाख २०८१, शनिबार

धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु


मृत्यु

जनकपुर, भदौ १ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेशन कक्षमा उपचाररत धनुषाको धनौजी गाउँपालिका-३ कटैया बस्ने ६५ वर्षीय पुरुषको आज सोमबार मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दम रोगवाट ग्रसित उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएपछि साउन ३१ गते अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको थियो । मृतक पुरूषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश-२ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !