८ बैशाख २०८१, शनिबार

भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक


भागरथी भट्टको हत्या प्रकरणका आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।

भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । सुवेदीले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने पनि बताए ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

यो पनि पढ्नुहोस्

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !