१५ बैशाख २०८१, शनिबार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । बैतडी जिल्लाको दोगडाकेदार नगरपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आशंकामा एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको टोलीले ती शंकास्पद व्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले दाबी गरेको छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

तर जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हुन् र कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको थियो ।

भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !