४ बैशाख २०८१, मंगलबार

घरायसी रिसिबीका कारण बलात्कारपछि भागरथीको घाँटी थिचेर हत्या गरेको अभियुक्तको बयान


भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै ती छात्रले प्रहरीसमक्ष स्वीकार गरेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘घरायसी भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’ प्रहरी स्रोतका अनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । हिजो मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ । आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए ।

यो पनि पढ्नुहोस्

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई आज सार्वजनिक गरिदै

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !