२४ बैशाख २०८१, सोमबार

विमान दुर्घटनावाट नौको मृत्यु


accident

एजेन्सी, २० वैशाख । अमेरिकी राज्य जर्जियामा एउटा कार्गो विमान दुर्घटना भएको छ । सी–१३० विमान जर्जियाको तटीय सहर सवानामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

जर्जियाको पुर्टोरियोमा परीक्षण उडानका बेला दुर्घटना भएको त्यहाँको नेसनल गार्डका अधिकारीहरुले बताएका छन् । पोर्टो रियोका नेशनल गार्डका प्रवक्ता मेजर पाल डाहलेनले मृत्यु भएको पुष्टि गर्दै उक्त विमानमा पाँच चालक दलका सदस्य र चार यात्रु रहेको जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो दुखद घटना भएको भन्दै मृतक र उनका परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । उनले छानबिनका लागि निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !