२० बैशाख २०८१, बिहिबार

भ्यान दुर्घटना हुँदा १३ बालबालिकाको मृत्यु


India Accident

एजेन्सी, १३ वैशाख । भारतको उत्तरप्रदेशको कुशीनगरमा बिहिबार एक रेलवे क्रसिङमा रेल र स्कूल भ्यान ठोक्किँदा १३ बालबालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

स्रोतका अनुसार डिभाइन पब्लिक स्कूलको भ्यानमा १० वर्ष मुनीका बालबालिकासहित २५ जना सवार थिए । उक्त भ्यान सीवानबाट गोरखपुर जाँदै गरेको रेलसँग ठोक्किएको हो । मानवरहित रेलवे क्रसिङ पार गर्ने बेला उक्त दुर्घटना भएको बताइएको छ ।

पूर्वोत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी संजय यादवले भ्यान रेलवे क्रसिङमा बन्द भएका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘ भ्यान ड्राइभरले रेलवे क्रसिङलाई पार गर्ने क्रममा उनलाई रोक्ने कोसिस गर्दा रोकिएनन् । सायद भ्यान रेलवे क्रसिङमा बन्द भयो जसका कारण यो दुर्घटना भयो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !