२६ बैशाख २०८१, बुधबार

भक्तपुर ट्रयाक्टर दुर्घटनामा मृत्यु


ट्रयाक्टर दुर्घटना फाइल फोटो

मध्यपुरथिमि, १५ कात्तिक । सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटी लगायत शरीरका विभिन्न भागमा काटेको थियो । गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !