२३ बैशाख २०८१, आइतबार

शौरभको हत्या गरिएको आफन्तले दाबी


Nepalpatra

१ असोज, काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेको छ ।

मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानूनअनुसार कारवाही गर्न सरकारसँग माग गर्नुभयो । मृतककी आमा गोपिनी उप्रेतीले छोराका हत्यारालाई सरकारले कारवाही नगरेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रहरीले किटानी जाहेरी दिँदा पनि उजुरी दर्ता गर्न नमानेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !