९ जेष्ठ २०८१, बुधबार

कोरोनाको प्रभाव: हात मिलाउने दिन फेरि कहिल्यै आउला ?


नमस्कार गर्ने

बिबिसी । विश्वभरीका मानिसहरू एक अर्कालाई नछुन र हजारौँ वर्षदेखि चल्दै आएको जैविक र सामाजिक चलनबाट टाढा रहन सङ्घर्षरत छन् । एउटा निकै प्रचलित हात मिलाउने चलन महामारीपछि हराउन सक्छ तर विकल्पहरू पनि छन् । जेम्स जेफ्री लेख्छन: सामान्यदेखि ठूलाबडाहरूले विनम्रतापूर्ण रूपले हात मिलाउँछन्। भविष्यमा कहिल्यै भेट नहुने मानिससँग देखि अर्वौँ डलरको व्यापार सम्झौताका क्रममा पनि हात मिलाइन्छ।

हात मिलाउने चलनको आरम्भ कहाँबाट भयो भन्नेमा अनेकखालका धारणा पाइन्छन्। यो दुईजना व्यक्तिबीच शान्तिको प्रतीकको रूपमा ग्रीसबाट सुरु भएको हुनसक्छ। जसले कसैको हातमा पनि हतियार छैन भन्ने देखाउँछ। अथवा मध्यकालीन युरोपबाट पनि सुरु भएको हुनसक्छ। लडाकुहरूले हात मिलाउँदै अरूले लुकाएका कुनै हतियार झारिदिनका निम्ति त्यसो गरेका हुनसक्छन्। यसको श्रेय क्वेकरहरू भनिने इसाई धर्मावलम्बीहरूसँग सम्बन्धित सदस्यहरूलाई पनि दिइन्छ जसले झुकेर गरिने अभिवादनभन्दा हात मिलाउनुलाई समानता झल्काउने ठान्थे। युनिभर्सिटी अफ टेक्सस एट अस्टिनकी मनोविज्ञान प्राध्यापक क्रिस्टीन लेगार भन्छिन्, “हजारौँ वर्ष पुरानो चलनमा रोक लगाउनु सजिलो छैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !