२४ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना संक्रमण


कोरोना भाइरस

५ जेठ, काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमवार राती १०:१५ बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको छ । दैलेख जिल्ला आठबिस-१ निवासी १ जना पुरुष कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा कोभिड-१९ को पुन: परीक्षण गरिएको थियो ।

नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।  नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !