५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

५ जेठ, काठमाडौं । नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमवार राती १०:१५ बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीको अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापा जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

जस अनुसार धनुषा जिल्ला निवासी २ जना पुरुषहरु, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस-१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुषमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् । आज सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको छ । साथै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३५७ थियो भने आज राती १८ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ५३ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !