११ जेष्ठ २०८१, शुक्रबार

७ वर्षीय बालकसहित ३ जनामा कोरोना सङ्क्रमण


कोरोना भाइरस

काठमाडौँ, १ जेठ । कोभिड-१९ को सङ्क्रमण आज तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ ३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि आज बिहान २ जनामा सङ्क्रमण देखिएको थियो ।

आज मात्र ५ जना नयाँ सङ्क्रमित भेटिएका हुन । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार २ सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !