१३ बैशाख २०८१, बिहिबार

२ जना पुग्यो बागलुङ जिल्लाका कोरोना संक्रमितको संख्या


बागलुङ जिल्ला

२० चैत, काठमाडौं । बागलुङ जिल्लामा घर भएका मानिसको कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा आज नियमित पत्रकार सममेलनमा दिएका जानकारी हुन् ।

नेपालमा फेरि नयाँ १ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएसंगै कोरोना संक्रमितको हुनेको संख्या ६ जना पुगेको छ ।बाग्लुङ घर भएकी ६५ वर्षकी वृद्ध महिला छैटौं कोरोना भाइरस संक्रमित महिला चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा कतारको दोहा हुँदै काठमाडौ आएकी थिईन ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) वाट संक्रमित हुने पाँचौ बागलुङ जिल्लाकी २२ वर्षीया युवती भएको कुरा पुष्टि भएको थियो । उनी चैत ४ गते अथवा मार्च १७ कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

आज शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । उनी कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रेकी थिईन ।

यो पनि पढ्नुहोस्

को हुन् नेपालमा कोरोनावाट छैटौं संक्रमित युवती ?

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !