२० बैशाख २०८१, बिहिबार

कोरोना भाइरस महामारी : इटालीमा २३ डाक्टरको मृत्यु


कोरोना भाइरस इटलीमा मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण इटालीमा २३ डाक्टरको मृत्यु भएको छ । इटालियन चिकित्सक संघका अनुसार मृत्यु भएका २३ मध्ये १९ जना लोम्बर्डी क्षेत्रमा काम गर्ने डाक्टरहरु हुन् । लोम्बर्डी क्षेत्र इटालीको सबैभन्दा बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेको क्षेत्र हो ।

अन्य ४ जना डाक्टरहरु भने उत्तरी इटालीको इमिलिया रोमाग्ना, दक्षिणी इटालीको नेपल्स, मध्य इटालीको मर्चै क्षेत्रमा कार्यरत रहेका थिए । इटालीमा ४८२४ स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । इटालीमा उक्त भाइरस संक्रमणका कारण हालसम्म ५४७६ जनाको मृत्यु भईसकेको छ भने ५९१३८ जनामा संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !