२० बैशाख २०८१, बिहिबार

बादी समुदायलाई मास्क वितरण


मास्क

दुल्लु, ९ चैत । दैलेखका पत्रकार सन्दीप विकले नारायण नगरपालिका-६ मा रहेको नमूना बादी समुदायका नागरिकलाई मास्क वितरण गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ दैलेखका साधारण सदस्यसमेत रहनुभएका विकले शनिबार बस्तीमै गएर मास्क वितरण गर्नुभएको हो ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मास्क उपयोगी हुने भएकाले दलित बस्तीमा मास्क वितरण गरेको पत्रकार विकले बताउनुभयो । “यो बादी समुदाय आर्थिक चपेटामा परेको छ”, उहाँले भन्नुभयो, “बस्तीमा छाक टार्नसमेत धौ–धौ छ । मास्क किन्ने पैसा कहाँबाट पाउनु । त्यसैले केही मलम लगाउनका लागि भए पनि मास्क वितरण गरेको हुँ ।” करीब ३० घर जति रहेको यो बादी समुदाय गाडीको सामान लोड–अनलोड गरेर गुजारा गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !