४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु


लोरेन्जो सान्ज

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।

कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटर मार्फत जानकारी दिएका छन् । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्व अध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।

लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले २ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !