२४ बैशाख २०८१, सोमबार

कोरोनाबाट एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ५८१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र १३०२ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा १८८३ नमुनाको परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ४१४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २५ जना, आईसीयुमा ७ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !