१५ बैशाख २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, कस्तो छ उनको स्वास्थ्य अवस्था ?


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार बिहान स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा साँझमा रिपोर्टमा पोजेटिभ आएको थियो ।

मुख्यमन्त्री कार्यालय अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए । उनी थप उपचारका लागि अस्पताल जाँदा कोरोना पनि परीक्षण गरिएको थियो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । आज बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !