२३ बैशाख २०८१, आइतबार

ओरालो लाग्दै कोरोना संक्रमण, उपत्यकामा पनि घट्न थाल्यो


नेपालमा कोरोना संक्रमणदर

काठमाडौँ । पछिल्ला केही दिनयता देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज ८ हजार ५३१ नमूना परीक्षण गर्दा १ हजार ७१४ मा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ९ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३४ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको सङ्ख्या ५२ हजार ७८०रहेको छ ।

आज ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमण बाट ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३१६ जना, ललितपुर जिल्लामा १०४ जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५२ लाख ६९ हजार ५५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ८९ हजार ७७ एन्टीजेन परीक्षण गरिएको छ भने १३१ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७७ लाख ४० हजार ८३५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख ३ हजार ४०८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

यो पनि पढ्नुहोस्

देशभर थप १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !