२४ बैशाख २०८१, सोमबार

देशभर थप १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२५ जनामा पिसिआर परिक्षण गर्दा ११०३ जना र ३२८८ जनामा एन्टीजेन परिक्षण गर्दा ६११ जना गरी १७१४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६३९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८०३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३१६ जना, ललितपुर जिल्लामा १०४ जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ६९ हजार ५५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ८९ हजार ७७ एन्टीजेन परीक्षण गरिएको छ भने १३१ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७७ लाख ४० हजार ८३५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख ३ हजार ४०८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !