२५ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३१६ जना, ललितपुर जिल्लामा १०४ जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७७१ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !