२३ बैशाख २०८१, आइतबार

देशभर थप ३१७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९६०९ जनामा पिसिआर परिक्षण गर्दा ३०१ जना र ३०४४ जनामा एन्टीजेन परिक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९७ हजार ५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४६६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११० जना, ललितपुर जिल्लामा ३६ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ८४ हजार १५४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ८८ हजार ३२६ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ५२ हजार ५६१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ८५ हजार ११० जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६२ लाख ३७ हजार ६७१ मात्र कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !