२५ बैशाख २०८१, मंगलबार

प्रदेश नं १ मा १ हजार ७१ मा कोरोना संक्रमण पुष्टि


प्रदेश १

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६२० को पिसिआर परीक्षण गर्दा ५२८ र एक हजार ७५३ को एन्टिजेन परीक्षण गर्दा ५४३ गरी एक हजार ७१ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १८१ मध्ये विराटनगरमा ४२, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा पाँच, उदयपुर र सङ्खुवासभामा तीन/तीन, पाँचथर र भोजपुरमा दुई/दुई र प्रदेश बाहिरका ६ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन् । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !