२३ बैशाख २०८१, आइतबार

देशभर थप २५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९०३३ जनामा पिसिआर परिक्षण गर्दा २१३७ जना र ३३४५ जनामा एन्टीजेन परिक्षण गर्दा ४११ जना गरी २५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार ८७७ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६८ हजार ४७८ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६९ हजार २९९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १००९३ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७४० जना, ललितपुर जिल्लामा १५५ जना र भक्तपुर जिल्लामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पिसिआर परीक्षण भएको छ भने ३ लाख ५७ हजार ५९५ एन्टीजेन परीक्षण गरिएको छ भने ४७५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा र ३५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८०२ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !