२४ बैशाख २०८१, सोमबार

पर्यटनमन्त्री ढकाल र उनकी पत्नी फुयाँललाई कोरोना संक्रमण पुष्टि


भानुभक्त ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्री ढकाल आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत् गराएका छन् ।

आज आइतबार पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण देखिएको हो । अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ ।

उनले हाल आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका बताउदै यस बीचमा हामीसँग सम्पर्कमा आएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !