१० जेष्ठ २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु


मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुर्खेतमा २ जना र दैलेखमा १ जना गरी ३ जना रहेका छन् ।

प्रदेश अस्पताल सुर्खेतमा उपचाररत २ जना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा भेरीगंगा नगरपालिका-४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुषको रहेका छन् ।

भेरिगंगाका मृतक बैशाख ५ र वीरेन्द्रनगरका मृतक बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । यस्तै दैलेखमा ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका-१ पुरानो बजार निवासी ती पुरुषको आज बिहान मृत्यु भएको हो ।

हिजो मात्र कोरोना संक्रमण पुष्टि भएका उनलाई दैलेख कोरोना अस्पतालमा अक्सिजनसहित उपचार गराइए पनि बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय दैलेख स्रोतले बताएको छ । योसँगै कर्णाली प्रदेशमा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !