नोबेल कोरोना भाइरसले विद्यार्थीमा पारेको असर Nepalpatra नोबेल कोरोना भाइरसले विद्यार्थीमा पारेको असर
११ मंसिर २०७८, शनिबार

नोबेल कोरोना भाइरसले विद्यार्थीमा पारेको असर


नोबेल कोरोना भाइरसले विद्यार्थीमा पारेको असर

चाइनाको बुहानबाट विश्वमा फैलिएको नोबेल कोरोना भाइरसले सवैभन्दा ठूलो असर बिद्यार्थीमा पर्न गएको देखिन्छ । रोग जुनसुकै किन नहोस् उपचार सहि नभए ठूलो असर हुन सक्छ ।

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण नेपालमा माघ महिना देखि नै देखिन थालेको देखिएतापनि नेपाल सरकारले २०७६ चैत ११ बाट लकडाउन सुरु गरेको पाइन्छ ।

नोबेल कोरोना रोग आउनुपूर्व विश्वमा फैलिएको डेङगु, मलेरिया, बिफर, टिभी, दादुरा, वर्ड फ्लु, स्पेनिजफ्लु, सार्स, एड्स जस्ता संक्रमणले विश्वमा धेरै मानिसको मृत्यु भएको इतिहास हाम्रा सामु छ । तर त्यस्ता रोगले धेरैको ज्यान लिदा पनि खासै विद्यार्थीमा नोबेल भाइरसमा जस्तो असर देखिएको थिएन ।

नोबेल भाइरसको प्रभाव सवैभन्दा बढी बिद्यार्थीमा पर्नाले उनीहरुको भविष्य विग्रन सक्ने आंकलन गर्न सकिने भएको छ । यसले गर्दा विद्यार्थीको पढाई डामाडोल हुन गई उनीहरूको पढाईको अवधि लम्बिने चिन्ता बढ्दै गएको छ ।

बिद्यार्थीहरु घरमै बस्नु पर्दाको पिडा र सामाजिक सञ्जालको पढ्दो प्रयोगले बिद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्न थालेको छ । घरमा बसी रहँदा खटपट हुने, दिमागमा विभिन्न किसिमका सोचाइको विकास हुने, पढ्ने बानी हराउने जस्ता समस्याहरू देखा पर्न थालेको छ ।

नोबेल कोरोना शुरु हुनुपूर्व दैनिक विविध कारणले विश्वमा दैनिक १६० लाख मान्छे मर्ने गर्दथे तर अहिले त्यसको ठाउ नोबेल कोरोनाले लिएको देखाइएको छ । बास्तबमा यो भाइरस कतै व्यापारिक भाइरस त होइन भन्ने कुरा उपरोक्त कथनले देखाएको छ ।

रोगलाई नयाँ रूपमा प्रस्तुत गर्दा यसको असर पब्लिकमा सोझै जान थालेको हुन्छ । यदि हिजो विश्वमा विविध कारणले मान्छे मर्ने गर्दथे भने आज सवै कोरोनाको कारणले मर्ने गरेको देखाइएको छ । हामीले बुझे अनुसार मुटुको रोग,दमको रोग, न्युमोनिया जस्ता रोगबाट मरेको भएपनि नोबेल कोरोनाका कारण मरेको भन्ने चलन बढ्दो छ ।

हामीले कुनै पनि काम गर्दा भावी पिढीलाई असर हुने खालको कुनै पनि काम गर्दा सामाजिक सञ्जालको बढ्दो प्रयोग मोबाइलबाट भएको देखिन्छ । कम उमेरका विद्यार्थीलाई मोबाइल प्रतिबन्ध गराई पोजेटिभ खालको सन्देश मात्र प्रवाह गर्न सके यसले बिद्यार्थीको शिक्षामा सुधार गर्न सकिने छ ।

आज हरेक कुरा चाहे राजनीतिको होस् या यौनका कुरा होस् या विश्वमा घटेका कुरा किन नहोस् सबैलाई बढाई चढाई पब्लिस गर्ने होडले मानिसलाई व्यस्त बनाएको देखिन्छ । आज विश्वका मानिसले क्यामिकल एक्जामिनेसन भन्दा इलेक्ट्रोनिक सिस्टमबाट जाँच गरेको ठोस मान्न थालेका छन् ।

विज्ञानले गरेको आविसकारलाई नमान्दा पनि भएको छैन मान्दा पनि सबै ठिक हुनसक्छ भन्न सकिदैन । कुरा ५/६ महिना पहिलेको हो नवलपरासीमा पिसिआर पोजेटिभ देखिएकाले बुटवलमा पुन: चेक गराउदा नेगेटिभ देखिनु भनेको कसको गल्ती भनेर बुझ्ने गर्दा राम्रो हुने थियो । यस्ता त्रुटी मेसिनबाट नहोला भन्न सकिदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !