१५ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ८०९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४१०० जनामा पीसीआर परिक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १०४० जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना गरी जम्मा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ५२९ जना पुगेको छ । सक्रिय कोरोना संक्रमितको संख्या २२०१ जना रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र २५ २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !