२३ बैशाख २०८१, आइतबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५५१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५२२५ जना आइसोलेसनमा रहेकामध्ये ३५११ संस्थागत आइसोलेसनमा र १७१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

५२२ जना कोरोना संक्रमितमध्ये ३३८ जना पुरुषहरु र १८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १३९ जना पुरुषहरु र ९३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १७१ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५५ हजार ६६६ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९३ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १०, धनकुटामा १, मोरङमा ९, संखुवासभामा २ र सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ३० रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा १, सप्तरीमा १, सर्लाहीमा १ र सिरहामा २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश ५ मा ५ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १७१, काभ्रेपलान्चोकमा १, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रसुवामा १, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २८१ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा ५, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा १, मनाङमा ५, म्याग्दीमा २, लम्जुङमा ८, बाग्लुङमा ८ र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ८९ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा १ र रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ७२ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको जुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा १ जना रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५ र बैतडीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ४४ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !