११ जेष्ठ २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५२८९ जना आइसोलेसनमा रहेकामध्ये ३५१५ संस्थागत आइसोलेसनमा र १७७४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

४०३ जना कोरोना संक्रमितमध्ये २४४ जना पुरुषहरु र १५९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १०३ जना पुरुषहरु र ८२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १४० जना, ललितपुर जिल्लामा २१ जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १३ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा ५, पर्सामा ५, बारामा २, महोत्तरीमा १, सर्लाहीमा २ र सिरहामा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १४०, काभ्रेपलान्चोकमा ६, चितवनमा ३, दोलखामा १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवामा १, ललितपुरमा २१, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २२१ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ४५ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रुपन्देहीमा २५ र रोल्पामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ७० रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित देखिएको छैन । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा शून्य रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३०, डडेल्धुरामा २, डोटीमा २, दार्चुलामा १ र बझाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ३८ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !