२४ बैशाख २०८१, सोमबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८०० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ४८ हजार ५०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५४८७ जना आइसोलेसनमा रहेकामध्ये ३५२१ संस्थागत आइसोलेसनमा र १९६६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४२१ जना कोरोना संक्रमितमध्ये २४६ जना पुरुषहरु र १७५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११० जना पुरुषहरु र ८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १६० जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५४ हजार ४९४ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सुनसरीमा ७ र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा ३ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ४ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १६०, काभ्रेपलान्चोकमा २, चितवनमा ९६, धादिङमा ४, नुवाकोटमा ५, भक्तपुरमा ११, मकवानपुरमा २, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ३०७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासी पूर्वमा १०, पर्वतमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ३२ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा ४, पाल्पामा ७, प्युठानमा १, बर्दियामा १, बाँकेमा २, रुकुम पूर्वमा १ र रुपन्देहीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३६ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित देखिएको छैन । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा शून्य रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा ९ र कैलालीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १६ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !