२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८०० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ४८ हजार ५०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५४८७ जना आइसोलेसनमा रहेकामध्ये ३५२१ संस्थागत आइसोलेसनमा र १९६६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४२१ जना कोरोना संक्रमितमध्ये २४६ जना पुरुषहरु र १७५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११० जना पुरुषहरु र ८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १६० जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५४ हजार ४९४ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !