१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४० जना, ललितपुर जिल्लामा २१ जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५२८९ जना आइसोलेसनमा रहेकामध्ये ३५१५ संस्थागत आइसोलेसनमा र १७७४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

४०३ जना कोरोना संक्रमितमध्ये २४४ जना पुरुषहरु र १५९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १०३ जना पुरुषहरु र ८२ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !