२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५५१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५२२५ जना आइसोलेसनमा रहेकामध्ये ३५११ संस्थागत आइसोलेसनमा र १७१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

५२२ जना कोरोना संक्रमितमध्ये ३३८ जना पुरुषहरु र १८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १३९ जना पुरुषहरु र ९३ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १७१ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५५ हजार ६६६ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !