२२ बैशाख २०८१, शनिबार

काठमाडौँमा १०३० सहित उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि


मौसम खुलेमा काठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौँ, कार्तिक २१ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १०३० जनासहित १३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १०३० जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१५३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख १७ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४९०५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२५४ जना रहेका छन् ।

२९०९ जना कोरोना संक्रमितमध्ये १७७६ जना पुरुषहरु र ११३३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६८ जना पुरुषहरु र ५७० जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २९०९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८८८८३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४५०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५२९०८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १०९१ सहित उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !