२० बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५२ हजार नाघ्यो, थप ४५०० जना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

२१ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५०० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५२९०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१५३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख १७ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४९०५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२५४ जना रहेका छन् ।

२९०९ जना कोरोना संक्रमितमध्ये १७७६ जना पुरुषहरु र ११३३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६८ जना पुरुषहरु र ५७० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १०३० जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २९०९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८८८८३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार नाघ्यो, थप ३४३० जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !