२१ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो, आज थपिए नयाँ २९०९ संक्रमित


कोरोना भाइरस

काठमाडौँ, कार्तिक २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९०९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८८८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१५३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख १७ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४९०५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२५४ जना रहेका छन् ।

२९०९ जना कोरोना संक्रमितमध्ये १७७६ जना पुरुषहरु र ११३३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६८ जना पुरुषहरु र ५७० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १०३० जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५२९०८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो, आज थपिए नयाँ ३०५१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !