१४ बैशाख २०८१, शुक्रबार

हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सहित नवलपुरमा १४ जनामा कोरोना पुष्टि


हुप्सेकोट गाउँपालिका

प्रिय धन, नवलपुर, १५ कार्तिक । पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको अनुसार जिल्लाको हुप्सेकोट गाउँपालिकामा ८ जना, देवचुली नगरपालिकाका ४ जना, कावासोती नगरपालिका र बुलिङटार गाउँपालिकाका १/१ जना गरी १४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नयाँ कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिएको पनि चापागाईले बताए । हुप्सेकोट गाउँपालिका मा भने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटा सहितलाई कोरोना पुष्टि भएको हो । उनका अनुसार हुप्सेकोटको अस्थायी कोरोना अस्पताल बेलुवामा सङ्कलित ४९ नमुना स्वावमाध्ये आफूसहित ४ पुरुष र ४ महिलामा कोरोना देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !