१४ बैशाख २०८१, शुक्रबार

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि


वागमती प्रदेश प्रमुख विष्णु प्रसाई

झापा, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएक थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहनुभएका उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु