१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा आज १११० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक ८ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ८३२ जनासहित १११० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ८३२ जना, ललितपुर जिल्लाका १७६ जना र भक्तपुर जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिएका १११० जना कोरोना संक्रमितमध्ये ६८१ जना पुरूषहरु र ४२९ जना महिलाहरु रहेका छन् ।

हिजो काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १० हजार ५०१ जना, ललितपुर जिल्लामा २ हजार ६६४ जना र भक्तपुर जिल्लामा १ हजार ७१९ जना होम आइसोलेसनममा रहेका छन् ।

काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ५५ हजार ७७ पुगेकोमध्ये ३४ हजार १६३ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या २० हजार ७२२ रहेको छ भने १८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७३६ पुगेकोमध्ये ५ हजार १४९ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या २ हजार ५३३ रहेको छ भने ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

साथै भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार १५० पुगेकोमध्ये ३ हजार ६४१ संक्रमित निको भएका छन् । साथै सक्रिय संक्रमितको संख्या १ हजार ४५४ रहेको छ भने ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ८० हजार ८६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४६०५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३३२२ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २२२५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५५२३३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २८४६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०८३३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा आज २७२० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !