२४ बैशाख २०८१, सोमबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ८ हजार नाघ्यो, थप २८४६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ८ । नेपालमा पछिल्लो २४ घण्टामा २८४६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०८३३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ८० हजार ८६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४६०५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३३२२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ८३२ जना, ललितपुर जिल्लाका १७६ जना र भक्तपुर जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २२२५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५५२३३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख २ हजार नाघ्यो, थप ३ हजार २१५ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !