१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा आज २७२० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ महानगरपालिका

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका २३५७ जना, ललितपुर जिल्लाका २३६ जना र भक्तपुर जिल्लाका १२७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा १२८३ सहित उपत्यकामा आज १५५२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !