२४ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, २२ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, कार्तिक ३ । कर्णाली प्रदेशमा आज बेलुकी ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५१७० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल, दैलेख र कमलबजार नपा प्रयोगशाला, अछाममा गरिएको पीसीआर परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा घर ठेगानाको आधारमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १ जना, दैलेखका ६ जना, कालिकोटका ८ जना, जुम्लाका ७ जना, मुगुका २ जना, जाजरकोटका ४ जना र अन्य प्रदेशका ४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३८८४ जना पुगेको छ भने १३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ११३५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

 

कर्णाली प्रदेशमा संक्रमितको संख्या ५१७० पुग्यो, थप ३२ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थपिए १०३ कोरोना संक्रमित, १३४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !