१० कार्तिक २०७७, सोमबार

कर्णाली प्रदेशमा थपिए १०३ कोरोना संक्रमित, १३४ जना कोरोना संक्रमणमुक्त



कर्णाली प्रदेश

सुर्खेत, कार्तिक २ । कर्णाली प्रदेशमा आज बेलुकी १०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५१३८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल, दैलेख र चौरजाहरी नपा प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा घर ठेगानाको आधारमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ५१ जना, दैलेखका २७ जना, रुकुम पश्चिमका ८ जना, सल्यानका ७ जना, कालिकोटका ४ जना, हुम्लाका ३ जना र अन्य प्रदेशका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३८६२ जना पुगेको छ भने १३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ११३२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ५१३८ पुग्यो, थप १०३ जनामा कोरोना पुष्टि



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

काठमाडौँ, कार्तिक १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६७३ जनासहित ८९४ जनामा कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, कार्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५