२४ बैशाख २०८१, सोमबार

सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्नामा कोरोना संक्रमण


तमन्ना भाटिया

हैदराबाद, असोज १९ । सुपरहिट हिन्दी चलचित्र ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी छिन् ।

हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो । कोरोना लक्षणका कारण स्वास्थ्यमा समस्या आएपछि उनको कोरोना परीक्षण गरिएको थियो । तमन्नाका बाबुआमालाई पनि केही समय पहिले कोरोनाको संक्रमण भएको थियो जसको जानकारी उनले ट्विटमार्फत गराएकी थिइन्।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !