१५ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ७६ हजार नाघ्यो, आज थपिए नयाँ १५१३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज १३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६२५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ९ हजार २९८ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या २०३९६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९६८९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०७०७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५७७८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ७४७ जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५५३७१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ७४ हजार नाघ्यो, आज थपिए नयाँ १३५१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !