१५ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो


मृत्यु

काठमाडौँ, असोज १३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६४ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिला र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ३ जना महिलामा सर्लाहीकी १ जना, काठमाडौँकी १ जना र बाँकेकी १ जना रहेकी छिन् । कोरोना संक्रमणवाट मृत्यु हुने ७ जना पुरुषमा मोरङका १ जना, महोत्तरीका १ जना, काठमाडौँका २ जना, चितवनका १ जना र बाँकेका २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलामा सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया रहेकी छिन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय र बाँकेका ५३ र ३९ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ४९१ पुग्यो, थप १० जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !