नेपालमा कोरोना जित्नेको संख्या ४६ हजार नाघ्यो, थप ९६६ जना कोरोना संक्रमणमुक्त



कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६२३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६०२ जना, ललितपुर जिल्लाका ६४ जना र भक्तपुर जिल्लाका १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३२५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ४५ हजार नाघ्यो, थप १४४७जना कोरोना संक्रमणमुक्त



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ, कार्तिक ११ । खोटाङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

काठमाडौं, कार्तिक १० । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति

बुटवल, कार्तिक ११ । रुपन्देही जिल्लाको बुटवलमा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत