१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४११ पुग्यो


मृत्यु

काठमाडौँ, असोज ४। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ६ जना महिला र ४ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँका ३ जना, ललितपुरकी १ जना, भक्तपुरकी १ जना र पाल्पाकी १ जना गरी ६ जना रहेका छन् भने मृत्यु हुने पुरुषमा धनुषाका १ जना, काठमाडौँका १ जना, चितवनका १ जना र रुपन्देहीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ६ जना महिलामा काठमाडौँका ४०, ६० र ६३ वर्षीया ३ जना, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया र पाल्पाकी ४० वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ४ जना पुरुषमा धनुषाका ७६ वर्षीय, काठमाडौँका ८२ वर्षीय, चितवनका ८० वर्षीय र बाँकेका ६७ वर्षीय रहेका छन् ।

नेपालका आज असोज ४ गते ७ जिल्ला भए कोरोनामुक्त, ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !